site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति, बेलीब्रिज बगायो

सिन्धुपाल्चोक । यांग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीस्थित ड्याम बालुवाले भरिएको, सबस्टेसन र पावरहाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । खाल्डेखोलादेखि तिपेनीसम्म सडक समेत अवरुद्ध भएको छ । त्यस क्षेत्रमा जाने वैकल्पिक सडक नभएकाले अत्यावश्यक यातायातका साधन चलाउन नसक्दा बिरामी समेत मारमा परेका उनले बताए ।

यस्तै, चिन्डे–जतन जोड्ने झोलुंगे पुल र यांग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए ।

बाढीले यांग्री तथा इन्द्रावती नदीतटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती, बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोड्ने मेलम्ची नदीमाथि गत वर्ष मात्र बनाइएको बेलीब्रिज पनि जोखिममा परेको छ ।

मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा परेको बताइएको छ ।

यसैगरी, अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ५ जोडिने खाग्दल खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro