site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसद्वारा युक्रेनको राजधानीमै आक्रमण, बाल अस्पतालमा दुईसहित कुल ३१ जनाको मृत्यु

किभिभ । रुसले युक्रेनको राजधानीमा रहेको एउटा बालबालिकाको अस्पतालमा मिसाइल आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा रहेका दुई जनाको मृत्यु भएको छ । अन्य विभिन्न ठाउँमा गरिएका आक्रमणमा ३१ जनाको मृत्यु भएको जनाइएको छ ।

स्थानीय ओहमाटिड अस्पतालमा भएको आक्रमणमा ठूलो क्षति भएको तस्बिरहरूमा देखिन्छ । आक्रमणपछि बालबालिकालाई बाहिर सारिएको छ ।

Dabur Nepal
NIC Asia

पोल्यान्ड भ्रमणमा गएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् ।

आक्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणका क्रममा भएको छ । आजै मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro