site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशका प्रमुख नदीमा जलसतह बढ्यो, सतर्क रहन आग्रह

विराटनगर । अविरल वर्षासँगै कोसी प्रदेशका मुख्य नदी तथा खोलाहरूमा जलसतह बढेको छ । अत्यधिक बहावका कारण सप्तकोसी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, कोसी ब्यारेजमा आइतबार बिहान ११ बजे पानीको बहाव तीन लाख ७५ हजार क्युसेक मापन गरिएको छ ।

यस्तै, कोसीको सहायक नदी अरुण आसपासमा जलस्तर जोखिम अवस्थामा पुगेको छ । धनकुटाको सिम्ले र आसपास क्षेत्रमा अरुणको बहाव उच्च छ ।

संखुवासभाको किमाथांका क्षेत्रमा पनि कोसीमा पानीको स्तर बढ्दो क्रममा छ ।

उदयपुरको त्रियुगा नदीको जलस्तर स्थिर छ । झापाको कन्काई नदीमा समेत जलस्तर बढ्दो क्रममा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro