site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी ब्यारेजका सबै ढोका खोलियो

विराटनगर । पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च तहमा पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

Dabur Nepal
NIC Asia

सुनसरीका एसपी नवीनकृष्ण भण्डारीले बहाव उच्च भएकोले सबै ५६ वटा ढोका खुला गरिएको बताए । नदीमा तीन लाख ६८ हजार क्युसेक पानी बहाव रहेको जनाइएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्युसेक छ । आइतबार बिहान तीन लाख ४२ हजार क्युसेक पानीको बहाव थियो ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छ भने रातो झन्डा फहराइएका छन् ।  

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro