site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्डोनेसियाको गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु

जाकर्ता । इन्डोनेसियाको बेकासीमा फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँचजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान ६ः४५ बजे जटियासिह क्षेत्रमा घरभित्र आगलागी भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

आगो निभाउन कम्तीमा १२ वटा दमकल परिचालन गरिएको बेकासीको दमकल तथा उद्धार एजेन्सीका प्रमुख एसेङ सोलेहुदिनले बताए । उनको अनुसार आगलागीबाट एक अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ६१ हजार अमेरिकी डलर)  बराबरको क्षति भएको छ ।

यसैबीच, जटियासिहका प्रहरी प्रमुख सुरोतोले आगलागी हुँदा सबै पीडित गोदामको स्नानगृहमा फसेको बताए ।

पीडितहरू भवनबाट बाहिर निस्कन चाहन्थे, तर आगो तीव्ररूपमा फैलिन थालेको र बाहिर निस्कने बाटो अवरुद्ध भएको उनले बताए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro