site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेवा प्रवाहमा केन्द्र र प्रदेशभन्दा स्थानीय तह बढी प्रभावकारी छन् : मुुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा स्थानीय तहको बढी भूमिका भएको बताएका छन् ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षाण प्रतिष्ठानको मंगलबारदेखि विराटनगरमा सुरु न्यायिक समितिको तीनदिने कार्यशाला उद्घाटन गर्दै उनले भने, “स्थानीय तहलाई थप सक्षम र बलियो बनाउनुपर्छ ।”

स्थानीय तह सक्षम भए जनताले बढी सेवा प्राप्त गर्ने उनले बताए । स्थानीय तहसँग साधनस्रोतको अभाव रहेको उनले उल्लेख गरे ।

अभावमा पनि जनतालाई सेवा दिन तत्पर स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । “जनताको सेवा प्रवाहमा प्रत्यक्ष भूमिका खेल्ने स्थानीय तहलाई थप बलियो बनाउन प्रदेश सरकार तत्पर छ,” उनले भने, “जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानीय तह नै हो ।”

जनतालाई न्याय दिने विषय चानचुने नभएको भन्दै उनले कुनै एउटा राजनीतिक दलको चिह्नबाट निर्वाचन जितेर भेदभाव नगरी न्याय दिन सक्नु चुनौतीपूर्ण काम भएको उनले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले न्यायसम्पादन गर्ने काम अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।

कार्यशालामा न्यायसम्पादनमा देखिएका सामाजिक र राजनीतिक समस्या तथा चुनौती, कोसी प्रदेशका स्थानीय तहको न्यायसम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरूले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौतीलगायत विषयमा छलफल गरिने बताइएको छ । कार्यशालामा कोसी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहका उपप्रमुखहरू सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro