site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानले अफगानिस्तानभित्र आक्रमण गर्न सक्ने बताएपछि तालिबानसँग भनाभन

इस्लामावाद । पाकिस्तानको सरकारी तहबाट हालै सीमापार अफगानिस्तानभित्र कारबाहीको संकेत दिइएपछि तालिबानले यसलाई सामान्य ज्ञान पनि नभएको भन्दै आलोचना गरेको छ । पाकिस्तानका एक मन्त्रीको उक्त भनाइको पाकिस्तानभित्रै विरोध भएको छ ।

पाकिस्तानले उग्रपन्थी तहरिक ए तालिबान पाकिस्तान (टीटीपी)ले अफगानिस्तानको भूभाग प्रयोग गरेको तर अफगानिस्तानले त्यसलाई नरोकेको आरोप लगाउँदै आफैँले बल प्रयोग गर्न सक्ने संकेत दिएको थियो । उक्त समूहले पाकिस्तानको सुरक्षा बल, चीन र पाकिस्तानका नागरिकमाथि आक्रमण गरिरहेको पाकिस्तानको भनाइ छ ।

Dabur Nepal
NIC Asia

पाकिस्तानी प्रशासनले अफगान सरकारलाई त्यसबारेमा पटक–पटक बताउँदा र प्रमाण दिँदा पनि तालिबान सरकारले त्यसमा काम नगरेको जनाउँदै उनीहरूले स्वतन्त्रतापूर्वक अफगानिस्तानको भूभाग प्रयोग गरेर पाकिस्तानमाथि आक्रमणको तयारी गरिरहेको आरोप लगाएको छ ।

पहिला पनि पाकिस्तानले अफगानिस्तानभित्र कारबाही अघि बढाएको थियो । यो वर्षको मार्चमा अफगान तालिबानले पाकिस्तानका विमानले अफगानिस्तानको सीमामा पकतीका र खोस्त क्षेत्रमा बमबारी गरेको आरोप लगाएको थियो । त्यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले उक्त आक्रमण आतंकवादीका विरुद्ध भएको जनाएको थियो ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीलाई दिएको अन्तर्वार्ताका क्रममा हालै भनेका थिए, “अपरेसन अज्म ए इस्तेहकामअन्तर्गत आवश्यक परेमा अफगानिस्तानमा भएका तहरिक ए तालिबान पाकिस्तानको ठेगानामा निसाना बनाउन सकिनेछ ।”

उनले विगतमा भएका यस्ता कारबाहीका बारेमा पनि बताएका थिए । उनको यो भनाइमा अफगानको तालिबानले भनेको छ, “अफगानिस्तानको नोक्सान पुग्ने इजाजत हामी दिँदैनौँ ।” बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro