site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रंकलाइनको बक्यौता भन्दै प्रमाणबिना पत्र पठाउँदा साना उद्योगहरू अन्योलमा : सांसद गौतम 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले ट्रंक वा डेडिकेटेड लाइन माग गरी उपभोग गरेको आधार प्रष्ट पारी त्यस्ता सेवा उपभोग गर्ने सम्पूर्ण उद्योगबाट पूर्ण रूपमा असुल उपर गर्नुपर्ने बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कुनै प्रमाणबिना एउटा चिठीको भरमा ट्रंकलाइनको बक्यौता भन्दै पत्र पठाउँदा, त्यस्ता कृषि र दैनिक उपभोग्यमा आधारित स–साना उद्योगहरू अन्योलमा परेको बताइन् ।

“स्थापना कालदेखि आज दुई दशकभन्दा धेरै समयसम्म औद्योगिक कोरिडोरको यथास्थानबाट विद्युत् आपूर्ति भएका, कुनै किसिमको ट्रंक वा डेडिकेटेड लाइनको माग स्वीकृत र उपभोग नगरेका धान, गहुँ कुटानी पिसानी र घरेलु उपभोग्य प्लास्टिक सामान बनाउने र आजको दिनसम्म निरन्तर प्राधिकरणको बिजुलीको बिल पूर्ण रूपमा भुक्तानी गर्दै आएका साना उद्योगलाई कुनै प्रमाणबिना एउटा चिठीको भरमा ट्रंकलाइनको बक्यौता भन्दै पत्र पठाउँदा, त्यस्ता कृषि र दैनिक उपभोग्यमा आधारित स–साना उद्योगहरू अन्योलमा परेका छन्,” उनले भनिन् । 

उनले यही विवाद समाधान गर्न बनेको लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरिन् । “यही विवाद समस्या समाधानका लागि गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको सुझाव प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न मिति २०८१/१/२७ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय समेतलाई अवहेलना गरी, सुविधा उपभोग गरेको वा नगरेको यकिन नगरी मनोमानी रूपमा उद्योगीलाई पत्र पठाउँदै तर्साउँदै गर्दा देशको औद्योगिक माहोल नै विथोलिएको देखिन्छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro