अर्थ व्यवसाय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको सान र इज्जत बढ्ने गरी काम गर्न नेपाल वायुसेवा निगमका अधिकारीलाई निर्देशन दिएका छन् । सोमबार निगमको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
पछिल्लो चरणमा वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयका तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको उनले बताए । बाहिर आएका सबै विषय सत्य नहुने उनको भनाइ थियो ।
“...मन्त्रालय आफ्नो मातहतको कुनै पनि निकायमा समस्याहरू छन् भन्ने हिसाबले प्रश्न उठिसकेपछि गम्भीर हुन्छ । सचेत ढंगले हल गर्ने पहल र प्रयत्न गरिन्छ,” उनले भने । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ ११:१०
प्रतिक्रिया दिनुहोस्