site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहरी विकास मन्त्रालयको बजेट असन्तुलित छैन : मन्त्री बुढा

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो जिकिर गरेका हुन् ।

मन्त्री बुढाले योजनाको आवश्यकता र सन्तुलित तवरले बजेट विनियोजनको प्रयास गरिएको बताए । “सहरी विकास मन्त्रालयले योजनाहरूको आवश्यकता र स्रोतको उपलब्धताको लेखाजोखा गरी सन्तुलित तवरले नै बजेट विनियोजन गर्ने प्रयास गरिएको छ,” उनले भने, “प्रादेशिक रूपमा सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता नरहेको व्यहोरा अनुरोध गर्दछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संघीय संसद् भवन, मन्त्री र मुख्यमन्त्रीको निवासलगायत विशेष प्रकृतिका भवन निर्माण गर्नुपरेकाले वाग्मती प्रदेशमा बजेट बढी देखिएको स्पष्ट पारे । आयोजनाको पूर्वतयारीका निम्ति पाँच लाख रुपैयाँभन्दा बढीको बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

मन्त्री बुढाले सबै जिल्लामा योजना पुग्ने गरी बजेट विनियोजन गरिएको जिकिर गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्