site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एसिया बैंक बन्यो पीसीएएफओको सदस्य

काठमाडौं । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफओ)को सदस्य बनेको छ । बैंकले एक विज्ञप्तिमार्फत पीसीएएफओको सदस्य बन्न पाउँदा गर्व महसुस भएको बताएको छ ।

"यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो, जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

Dabur Nepal
NIC Asia

पीसीएएफमा ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरू आबद्ध छन् । उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रहरूमा पनि पीसीएएफ द्रूतरूपमा विस्तार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एसिया बैंकले कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्यांकनमार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई पीसीएएफसामु जोड दिएको छ ।

विश्व मौलिकरूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले एनआईसी एसिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायुमैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

एनआईसी एसिया बैंकले हाल ३६० शाखा कार्यालय, ६७१ एटीएम, ११८ वटा एक्सटेन्सन काउन्टर र ५१ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro