site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पनौतीमा मनाइयो ज्याःपुन्ही जात्रा

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा शनिबार ज्या पुन्ही जात्रा मनाइएको छ । ज्येष्ठ शुक्ल पूर्णिामाका दिन मनाइने यो जात्रामा भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जुधाउने गरिन्छ ।

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्ही भन्ने गरिएको छ ।

जात्रामा रथ जुधाउने बेलामा त्यसमा सवार मानिस एकापसमा अबिर छर्केर हर्ष व्यक्त गर्छन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ । त्यसपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ ।

भैरव र भद्रकालीको रथ तीनपटक एकापसमा जुधाइन्छ । त्यसपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ ।

ऐतिहासिक पनौती नगरमा यो जात्रा एक हजार ४२० वर्षदेखि मनाइँदै आएको कथन छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro