site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेन–ट्रम्पकाे पहिलो डिबेट आउँदो बिहीबार, यस्ता छन् नियम

वासिङ्टन । अमेरिकामा राष्ट्रपति पदका लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । राष्ट्रपति जो बाइडेन र उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच पहिलो डिबेट आउन अब एक हप्ता पनि बाँकी छैन । 

उनीहरू दुईमध्ये एक यसपालि राष्ट्रपति पदमा निर्वाचित हुने निश्चित छ । आउँदो साताको बिहीबार सीएनएनमा उनीहरू आमनेसामने भएर बहसमा सहभागी हुनेछन् । आउँदो नोभेम्बर ५ हुने चुनावअघि दुईवटा डिबेटमध्ये यो पहिलो हो  ।

कहाँ र कहिले हुँदै छ डिबेट ?

आउँदो बिहीबार अर्थात् २७ जुनमा राति ९ बजे सुरू हुनेछ । एटलान्टा जर्जियाबाट यो सिएनएनमार्फत लाइभ गरिनेछ । सो कार्यक्रम सिएनएन इन्टरनेसनल, सिएनएन एन इस्पानोल, सिएनएन म्याक्स र सिएनएन वेबसाइटबाट पनि प्रसारण गरिने जनाइएको छ । त्यसलाई बीबीसीले पनि कभरेज गर्ने र विश्लेषण लाइभ ब्लगमा ट्युन गर्न बीबीसीले भनेको छ ।

नियम के के छन् ?

सो डिबेटको भेट्रान सीएनएन एंकर जेक टप्पर र डाना बासले समन्वय गर्ने जनाइएको छ । सो नेटवर्कका अनुसार डिबेट ९० मिनेटसम्म चल्नेछ र दुईवटा कमर्सियल ब्रेक हुनेछन् । दुई उमेदवारको बिहीबार पोडियम प्लेसमेन्ट र क्लोजिङ स्टेटमेन्टका लागि नेपालको शैलीमा भन्ने हो भने गाई कि त्रिशूलशैलीमा सिक्का उफार्ने काम भइसकेको छ । 

जसअनुसार बाइडेन स्क्रिनको दायाँ साइडमा हुनेछन् । बाइडेनको  बायाँ तर्फ ट्रम्प हुनेछन् । अन्तिम वक्ताचाहिँ  ट्रम्प हुनेछन् । अर्थात् क्लोजिङ स्टेटमेन्ट पहिला बाइडेनले दिनेछन् ।

दुवै उमेदवार डिबेटमा उभिने छन् । बाइडेनले बस्नका लागि अनुरोध गरेको भन्ने रिपोर्ट गलत भएको उनको क्याम्पेन सम्बद्धहरूले बताएका छन् ।  सो इभेन्टका क्रममा क्याम्पेनका स्टाफले कुरा गर्न पाउने छैनन् । ब्रेकको समयमा समेत सो अनुमति नभएको बताइएको छ ।

दुवैलाई एक/एक वटा कलम दिइने, पेपरको एउटा प्याड दिने र एक बोतल पानी पनि दिइनेछ । तर, कुनै सामग्री वा पूर्वलिखित नोट स्टेजमा लैजानन अनुमति  छैन ।

पहिलाको जस्तै उनीहरूको माइक्रोफोन बोल्न आवश्यक परेको बेलामाबाहेक म्युट गरिनेछ । साथै स्टुडियो अडियन्स पनि हुने छैनन् र सिएनएनले समय तोकेर सभ्य छलफल गराउनेछ । सन् १९६० पछि पहिलो पटक यसपािल डिबेट चुनावको तिथिभन्दा धेरै अघि हुन लागेको हो । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro