site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ सयभन्दा बढीमा देखियो डेंगी संक्रमण, काठमाडौंमा सबैभन्दा धेरै 

काठमाडौं । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगी संक्रमण देखिएको छ । ७२ जिल्लामा डेंगी फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा (१ देखि १८ जुनसम्म) देशभर १५९ जना डेंगी संक्रमित थपिएका छन् । यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि  भएको ईडीसीडीले जनाएको छ । 

यस्तै, झापामा ११२ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro