site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फक्तालुङ घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । फक्तालुङमा पहिरोमा परी चारजनाको मृत्यु भएको थियो । 

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका छन् । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मानवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिए । 

मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेकाे उनकाे सचिवालयले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro