site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था गरौँ : सिके राउत
फाइल तस्बिर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् । 

विद्यमान राजनीतिक अस्थिरतालाई चिर्न संघमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको उनले बताए ।

Argakhachi Cement Island Ad

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले ती समस्यालाई समाधान गर्न शासकीय स्वरुपमा परिवर्तन गरेर अघि बढ्नुपर्ने बताए । उनले संसद्लाई दलतन्त्र लागु गर्ने थलोको रूपमा विकास गर्न नहुने बताए । 

“हामीकहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठूलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरूलाई हामी धन्यवाद पनि दिन्छौँ । तर, देशले अहिले के भोगिराखेको छ भने एउटा अस्थिरताको सिलसिला सुरू भयो । म पटकपटक भन्ने गर्छु– प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ । त्यतिधेरे अस्थिरताको वातावरण छ । र प्रदेश सरकारहरू पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातारण यहाँ छ । त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौँ । संसद्‌मा ह्वीप लगाउने व्यवस्था पनि हुनुहुँदैन, दलतन्त्रमा लाग्ने व्यवस्था हुनुहुँदैन,” उनले भने । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्