site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस, कहाँको कति ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । देशका धेरै स्थानमा आइतबार तापक्रम बढेको छ । विशेष गरी तराई क्षेत्रमा तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४२.९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार (हिजो) धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

महाशाखाले आइतबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस थियो ।

KFC Island Ad
NIC Asia

आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, घोराहीको ३९.३, भैरहवाको ३८.२, जनकपुरको ३८.०, सिमराको अधिकतम तापक्रम ३७.७ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, घोराहीको ३७.७, भैरहवाको ३८.२, जनकपुरको ३७.८, सिमराको अधिकतम तापक्रम ३७.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Royal Enfield Island Ad

यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, यो वर्ष अहिलेसम्म काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाले आइतबार सार्वजनिक गरेको तापक्रमको विवरण हेर्नोस्–

tpb-1717938094.JPG
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro