site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दिपल एस०७ को नयाँ मूल्य ७४ लाख ९९ हजार, बुकिङ खुला

काठमाडौं । नेपालका निम्ति चांगान र दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ को ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुला गरेको छ । इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्ल्यू वृद्धि अटोकर्पले दिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो ।

दुई महिनाअघि नेपालमा सार्वजनिक दिपल एस०७ ले छोटो समयमै बजारबाट राम्रो प्रतिक्रिया पाएको जनाइएको छ । आकर्षक डिजाइन, बेजोड पफर्मेन्स र अत्याधुनिक फिचरमार्फत दिपल एस०७ ले ईभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ ।

Dabur Nepal
NIC Asia

बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित भएको बताइएको छ । नेपाली बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन प्रतिबद्ध रहेको पनि बताइएको छ ।

चांगान नेपालले नयाँ दिपल एस०७ असारको अन्त्यसम्म ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको जानकारी गराएको छ ।

इटालीको टुरिनमा डिजाइन गरिएको दिपल एस०७ मा वेलकमिङ सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिङ मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ सोनी स्पिकरलगायत १५ भन्दा बढी फस्र्टटाइम इन नेपाल फिचर रहेका छन् ।

यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले दिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन, कारको पफर्मेन्सलाई पनि राम्रो बनाउँछ । यसबाहेक ड्राइभिङलाई नयाँ उचाइमा पुर्‍याउन यसमा रियर ह्वील ड्राइभ छ ।

दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्ल्यूएलटीपी) रेन्ज दिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro