site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द गरिने
फाइल तस्बिर ।

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द गरिने भएको छ । आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्यामनजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार (भोलि) बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

उक्त ठाउँको हिलसाइडमा चर्किएका ढुंगाहरू झार्नुपर्ने भएकाले त्यस समयमा सवारीसाधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

वि.सं. २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । भासिएको सडक मर्मतको काम भइरहेको छ । निर्माण व्यवसायी जीएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ ।

मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro