site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषिमा प्राविधिक जनशक्ति बढाउन सरकारलाई सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले कृषि क्षेत्रमा प्राविधिक जनशक्ति बढाउन सरकारलाई सुझाव दिएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् ।

सांसद राणाले कृषकलाई राहत दिन छुट्टै बैंकिङ प्रणालीको विकास गर्न पनि सरकारलाई सुझाव दिइन् । उखु, दूध कृषकले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको उनले उल्लेख गरिन् । समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले त्यसखालको बैंकिङ प्रणालीको विकास गर्न आवश्यक रहेको उनले औँल्याइन् ।

उनले भनिन्, “हरेक वर्ष यो दूध कृषकहरू र उखु कृषकहरूको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ । यसका लागिचाहिँ सरकारले इर्मेजेन्सीको रूपमा लास्ट टाइममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिजम खडा गर्न म अर्थमन्त्रीज्यूलाई रिक्वेस्ट गर्न चाहन्छु ।”

उनले अगाडि भनिन्, “मेरो भनाइ के हो भने बैंकमा सहुलियतदरमा यो डेरीहरू र मिलहरूले एउटा रकम राख्ने र पेमेन्ट भौचरको आधारमा तुरुन्तै कृषकले आफ्नो रकम लिन पाउने त्यो एउटा व्यवस्था मिलाउन सकियो भने गभर्मेन्टलाई पनि राहत हुन्थ्यो । र, कृषकहरूलाई पनि राहत हुन्थ्यो ।”

सांसद राणाले सरकारले कृषिलाई लगानी दशकका रूपमा घोषणा गरे पनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । “कृषि लगानी घटेको छ भने अर्कोतिर कृषिमा लगानी दशक भनेर सरकारले डिक्लिएर गरेको छ । योचाहिँ सुनिँदाखेरि राम्रो, तर साँच्चैको कुरा गर्दा नहुने कुरा बजेटमा लेख्न नहुने हो,” उनले भनिन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro