site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा आज चुनावी नतिजा, को होला भावी प्रधानमन्त्री ?
तस्बिर : एएनआई ।

नयाँ दिल्ली । भारतमा ६ हप्ता लामो समय भएको लोकसभा निर्वाचनको परिणाम आज (मंगलबार) सार्वजनिक गरिँदै छ । ५४२ लोकसभा पदका निम्ति गरिएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि थालिएको छ ।

सूरतको एक निर्वाचन क्षेत्रको एउटा सिटमा भारतीय जनता पार्टी भाजपा)का उमेदवार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सबैभन्दा पहिला पोस्टल मतपत्रको गणना सुरु गरिनेछ । त्यसको आधा घण्टामा ईबीयम (इलेक्ट्रोनिक मतगणना मेसिन)मा रहेका मतपत्रको गणना गरिनेछ । यदि, कुनै मतदान केन्द्रको ब्यालेट पेपर नभए सिधै ईबीएमका मतको गणना गरिने जनाइएको छ ।

भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अप्रिल १९ देखि जुन १ सम्म विभिन्न सात चरणमा भएको मतदानका क्रममा कुल ९६.८ करोड मतदातामध्ये ६४.२ करोडले मतदाताको अधिकार प्रयोग गरेका जनाएका छन् । मतदानमा ३१.२ करोड महिलामध्ये औसतमा ५८.५८ प्रतिशतले मतदान गरेका आयोगको तथ्यांक छ ।

निर्वाचनमा १.५ करोड सुरक्षाकर्मी सामेल भएको र ६८ हजार मानिसको  निगरानी टोली बनाइएको थियो ।

आजको मतगणना सकिएपछि भारतको भावी प्रधानमन्त्री को हुने भन्ने टुंगो लाग्नेछ । ‘एक्जिट पोल’मा नरेन्द्र मोदी नै तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री हुने अनुमान गरिएको छ । विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले एक्जिट पोल अस्वीकार गर्दै आएको छ । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro