site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपद्‌बाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुने, सबैभन्दा बढी कोसी प्रदेशमा
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट देशभर १८ लाख एक हजार मानिस कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ मा उक्त अनुमान गरिएको हो । 

“वैज्ञानिक विधिबाट विश्लेषण गरी प्रभावित हुनसक्ने जनसंख्याको आकलन गरिएको छ,” कार्ययोजनामा भनिएको छ । कार्ययोजनाअनुसार वर्ष २०८१ मा मनसुनजन्य विपद्‌बाट चार लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

मनसुनजन्य विपद्‌बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई विपद्‌मा उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । यस वर्षको डढेलो र भूकम्पका कारण थप जोखिम बढेको जनाइएको छ । 

यस वर्ष मनसुनजन्य विपद्‌बाट सबैभन्दा बढी प्रभाव कोसी प्रदेशमा पर्ने अनुमान गरिएको छ । कार्ययोजनामा कोसी प्रदेशमा वर्ष २०८१ मा चार लाख ९५ हजार ३५२ मानिस प्रभावित हुने, २२ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र पाँच हजार घर परिवारलाई उद्धार तथा राहतको आवश्यकता पर्न सक्ने जनाइएको छ । 

मनसुनजन्य विपद्ले यस वर्ष मधेश प्रदेशमा चार लाख २९ हजार ४०४ मानिस प्रभावित हुने, २० हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र चार हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।

वाग्मती प्रदेशमा यस वर्ष मनसुनजन्य विपद्ले एक लाख ४५ हजार ८८३ मानिस प्रभावित हुने, सात हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र एक हजार ५०० घर परिवारलाई उद्धार तथ राहात दिनुपर्ने हुनसक्ने कार्ययोजनामा उल्लेख छ ।

मनसुनजन्य विपद्ले यस वर्ष गण्डकी प्रदेशका एक लाख १० हजार ५५४ मानिसलाई प्रभावित पार्ने, पाँच हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र एक हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । 

लुम्बिनी प्रदेशमा तीन लाख ३६ हजार ५५८ जना मानिस प्रभावित हुने, १५ हजार ५०० घर परिवार प्रत्यक्ष प्रभावित हुने र तीन हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउनसक्ने कार्ययोजनामा उल्लेख छ ।

कर्णाली प्रदेशमा मनसुनजन्य विपद्‌बाट वर्ष २०८१ मा ५० हजार ४६४ मानिस प्रभावित हुने, पाँच हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र दुई हजार ५०० घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपद्‌बाट दुई लाख ३३ हजार १९० मानिस प्रभावित, पाँच हजार ५०० घर परिवार प्रत्यक्ष प्रभावित र एक हजार ५०० घर परिवारलाई उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने आकलन गरिएको छ । 

सरदरभन्दा बढी वर्षाको सम्भावना  

यस वर्षको मनसुन सम्भवतः यसै साताबाट सुरू हुने र असोज दोस्रो सातामा गएर सकिने अनुमान गरिएको छ । कार्ययोजना अनुसार यस वर्ष देशका  अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको छ । 

“सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, वाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोसी प्रदेशको मध्य तथा मध्य–पश्चमी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ,” कार्ययोजनामा भनिएको छ ।  

यस वर्ष अधिकतम तापक्रम हुने सम्भावना ३५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम हुने सम्भावना ३५ देखिदेखि ६५ प्रतिशत रहेको कार्ययोजनामा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro