site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– बिचरा जनता ! चप्पल, हाफपाइन्ट लगाएर सिंहदरबार जान किन नपाउने ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सिंहदरबार जनताको हो कि होइन भन्दै प्रश्न गरेकी छन् । उनले चप्पल, हाफपाइन्ट लगाएर आउने जनताले किन सिंहदबार छिर्न नपाउने भन्दै प्रश्न गरिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यो विषयमा सभामुखबाट ‘रुलिङ’ नै माग गरिन् । दुर्गमका जनता काठमाडौंसम्म आइपुग्न गाह्रो हुने र आएकाले संसद् भवन हेर्न चाहने भए पनि रोकिएको उल्लेख गरिन् ।

उनले भनिन्, “कारण के हो मैले बुझ्न सकिनँ । त्यसपछि मैले सोधेँ– किन उहाँहरूलाई माथि जानबाट रोकियो ? खुट्टामा चप्पल लगाएका छन्, त्यसकारण माथि जान पाउँदैनन् भनियो । सरकारको नियम होला भनेर मनमा दबाएर राखेँ ।”

सांसदहरू चप्पल लगाएर संसद् भवनमा आइरहेको तर नागरिकलाई रोकिएको भन्दै उनले आपत्ति जनाइन् । उनले आफ्नै घटना सुनाउँदै भनिन्, “अस्ति मोटरसाइकलमा सिंहदरबार गएँ । गेटमा आईडी देखाएँ । प्रहरी दगुर्दै मेरो पछिपछि आइराखेपछि मैले बाइक रोक्न लगाएँ । किन दौडिएको ? म सांसद हुँ, आईडी देखाएर आएको हुँ भनेर मैले भनेँ । त्यो प्रहरीले भन्यो– माननीयज्यू, तपाईंलाई होइन, बाइक चलाउने भाइलाई रोकेको भन्नुभयो । किन ? भन्दा त्यो भाइले हाफपाइन्ट लगाएको छ, जान पाउँदैन भनियो ।”

सांसदलाई चप्पल र जस्तो पोसाक लगाए पनि छुट, जनतालाई चाहिँ बन्देज ? भन्ने प्रश्न उनले संसद् बैठकमा गरिन् । “बिचरा जनताहरू ! चप्पल लगाएर संसद् आउन नपाउने ? हाफपाइन्ट लगाएर सिंहदरबार जान नपाउने ? यसमा सभामुखमार्फत रुलिङ चाहन्छु,” उनले भनिन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro