site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेटमाथि छलफल गरिने, यस्तो छ संसद् बैठकका सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आइतबार (भोलि) छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने दुवै सदनको बैठकका निम्ति सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभाको कार्यसूची
राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पुनले ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

आइतबार राष्ट्रियसभा बैठकका निम्ति अरू पनि सम्भावित कार्यसूची तय गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro