site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । भारतमा आज लोकसभा निर्वाचनका निम्ति सातौँ तथा अन्तिम चरणको मतदान हुँदै छ । यसक्रममा सात राज्य र एक केन्द्रशासित प्रदेशका ५७ सिटमा मतदान हुँदै छ ।

पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका नौ, बिहारका आठ, उडिसाका ६, हिमाचल प्रदेशका सबै चार, झारखण्डका तीन र चण्डीगढको एक सिटमा आज मतदान हुँदै छ ।

लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अरू धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन् । यो निर्वाचनमा कुल ९०४ जनाले उमेदवारी दिएका छन् ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रम आयोजना गरे ।  यसमा र्‍यालीहरू र रोड शोहरू समावेश थिए ।

आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका निम्ति पुगेका थिए । ध्यान आजसम्म जारी रहनेछ । ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्ने बताइएको छ ।

लोकसभा चुनावको अघिल्लो ६ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात् मंगलबार सुरु गरिनेछ । नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro