विदेश
जेरुसेलम । इजरायलका एक वरिष्ठ अधिकारीले गाजामा हमासविरुद्धको युद्ध सन् २०२४ भरि नै जारी रहने अपेक्षा गरिएको बताएका छन् ।
“गाजामा युद्ध कम्तीमा आउँदो सात महिना निरन्तर रहनेछ,” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार ताची हानेग्बीले त्यहाँको कान सार्वजनिक रेडियोसँगको कुराकानीमा भने ।
उनले ‘बफर जोन’ मानिने गाजा–इजिप्ट सीमा क्षेत्रको ७५ प्रतिशत भाग इजरायलको सेनाले नियन्त्रणमा लिएको बताए । दक्षिणी सहर रफाहमा आक्रमण भइरहेको उनले उल्लेख गरे । बीबीसीबाट ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्