site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल एमेच्योर ओपन सुरु, नेपालका राहुल र भारतका शातलाई अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्रा १०औँ नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा आज राहुल र शातले ५–अन्डर ६७ को स्कोर खडा गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ३–अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन् ।

नेपालकै विजय श्रेष्ठ आइन्हाउस र साश्वत प्रधान तथा भारतका सुरज जोशी र बंगलादेशका सहाब उद्दिन इभन–पार ७२ सहित संयुक्तरूपमा चौथो स्थानमा रहे ।

नेपालका वाङचेन ढोन्डुप र डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले संयुक्तरूपमा आठौँ स्थान बाँडे । उनीहरूले १–ओभर ७३ मा दिनको खेल पूरा गरे । नेपालका ज्ञानबहादुर ढेंगा २–ओभर ७४ सहित दशौँ स्थानमा छन् ।

पुरुष टिम स्पर्धामा नेपालको बी टिम र भारत ४–अन्डर १ सय ४० सहित संयुक्तरूपमा शीर्षस्थानमा स्थानमा छन् । नेपाल बीका लागि राहुल विश्वकर्माले ६७ र वाङचेन ढोन्डुपले ७३ को स्कोर बनाए । भारतका शात मिश्राले ६७ र सुमित कोटवालले ७३ स्कोर गरे । सद्भाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल टिम ए १–ओभर १४५ सहित तेस्रो स्थानमा रहेको छ ।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले १–अन्डर ७१ को स्कोरमा नेपालकी कश्मीरा शाह र भारतकी दिया क्रिस कुमारलाई एक स्ट्रोकले पछि पारेकी छन् । डिफेन्डिङ च्याम्पियन कश्मीरा र दिया इभन–पार ७२ सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् । भारतकी मानवी सिंघानिया १–ओभर ७३ सहित चौथो स्थानमा रहँदा ५–ओभर ७७ को स्कोरमा भारतकी अनन्थी विवेक पाँचौ स्थानमा रहेका छन् ।

पुरुषतर्फका संयुक्त लिडर राहुल र शात दुवैले फ्रन्ट नाइन २–अन्डर ३४ र ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे । राहुलले तेस्रो र सातौँ होलमा एक–एक सट बचाए । यसपछि १७औँ होलमा एक सट खेर फाले पनि ११औँ, १२औँ, १५औँ र १८औँ होलमा बर्डीको सफलता प्राप्त गरे ।

शातले बोगी फ्री स्कोर कार्ड तयार पार्ने क्रममा तेस्रो, छैटौँ, १५औँ, १७औँ र १८औँ होलमा एक–एक सट बचाए ।

नेपालका नम्बर एक एमेच्योर गल्फर सदभावले तेस्रो र नवौँ होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । यसपछि १२औँ र १७औँ होलको बर्डीका विरुद्ध १५औँ होलको बोगीले ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे ।

महिलातर्फ लिडर कायाले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा पूरा गरिन् । उनले फ्रन्ट नाइनमा चार होलमा बर्डी प्रहार गरिन् । पहिलो, तेस्रो, पाँचौ र छैटौँ होलमा एक–एक सट बचाइन् । तर, दोस्रो होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरिन् ।

यसपछि ब्याक नाइनमा ११औँ, १५औँ र १८औँ होलमा एक–एक सट बचाइन् । तर १६औँ होलमा बोगी र १७औँ होलमा डबल बोगी प्रहार गरिन् । कश्मिरा र किया दुवैले फ्रन्ट नाइन र ब्याक नाइन ईभन–पार ३६ मा सकाए ।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका ६५ खेलाडीको सहभागिता रहेको छ । नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro