site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानसिक स्वास्थ्यका निम्ति खानपान, निद्रा र सक्रिय दैनिकी 

काठमाडौं । चिकित्सकको परामर्श वा औषधि उपचारमार्फत समाधान गर्नुपर्ने मात्रै मानसिक समस्या हो भन्ने आम बुझाइ छ । तर, व्यक्तिले मानसिक कारणले जीवनलाई आनन्दपूर्वक भोग्न नसक्नुलाई पनि मानसिक स्वास्थ्य समस्याको रूपमा विश्व स्वास्थ्य संगठनले व्याख्या गरेको छ । 

नेपालमा करिब २५ प्रतिशत जनसंख्या कुनै न कुनै रूपमा मानसिक अस्वस्थ रहेको मानसिक स्वास्थ्य विशेषज्ञ डा. विश्वबन्धु शर्मा बताउँछन् । पछिल्लो समय घर परिवार र विद्यालयमा नै बालबालिकामैत्री व्यवहार नहुँदा किशोरावस्थामा यो समस्या झनै बढिरहेको उनको बुझाइ छ । मानसिक रूपमा स्वस्थ रहन खानपान, निद्रा र दैनिक क्रियाकलापमा विशेष ध्यान पुर्‍याउनुपर्ने डा. शर्माको भनाइ छ । 

खानपान 

Dabur Nepal
NIC Asia

मानिसलाई खुसी तथा आनन्दित बनाउन ‘सेरोटोनिन हर्मोन’को सिधा सम्बन्ध खानपानसँग भएको मेन्टल हेल्थ साइन्सले बताउँछ । ९० प्रतिशत सेरोटोनिन पेट अर्थात् खानपानबाट उत्पादन हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । 

सादा खाना मात्रा मिलाएर खानु र पेट खाली भएपछि मात्रै खाने बानी गर्नाले शरीर मस्तिष्कलाई हल्का र स्वास्थ राख्दछ । डा. शर्माका अनुसार कम प्रशोधित तथा प्राकृतिक खानाको प्रयोगले दुवै स्वास्थ्यलाई फाइदा गर्छ ।  धेरै प्रशोधन गरिएका तथा जंक फुडहरूमा पोषणको मात्रा अत्यन्तै न्यून मात्रै पाइन्छ । सामान्य फलफूल, तरकारी, नट्स तथा बीउ प्रकारका खानाले मस्तिष्कलाई समेत फाइदा गछ । 

निद्रा 

निदाउनु शरीरलाई आराम हो भने मस्तिष्कलाई सम्पूर्ण क्रियाकलाप व्यवस्थापन गर्ने अवधि हो । डा. शर्माका अनुसार शरीर निदाएको समयमा मस्तिष्कले भने आफूलाई रिपेयर गरिरहेको हुन्छ भने निद्राकै बेला तनाव कम गर्ने (एन्टिस्ट्रेस हर्मोन)हरू उत्पादन भइरहेका हुन्छन् । 

युवा उमेरमा दैनिक सातदेखि आठ घण्टा निदाउनुपर्छ । सुरुका केही घण्टा गहिरो निद्रा लिनुपर्छ त्यसो हुँदा पछिल्ला प्रहरमा बेला बेला ब्युँझिए पनि असर पर्दैन । एउटै समयमा सुत्ने र एउटै समयमा उड्ने बानीले मानसिक स्वास्थ्यमा फाइदा पुग्छ । सुत्नुअघि आफ्नो मनलाई नकारात्मक प्रभाव पार्ने कुराकानी गर्नु हुँदैन र त्यस्ता भिडियोहरू पनि हेर्नु वा पुस्तक पढ्नु हुँदैन । राति सुत्नुअघि खाने बानी पनि स्वस्थ निन्द्राको बाधक भएको डा. शर्मा बताउँछन् । 

दैनिक क्रियाकलापमा मोबिलिटी 

चलिरहने अर्थात् मुभ गरिरहनु पनि मानसिक स्वास्थ्यका हिसाले अत्यन्तै महत्वपूर्ण मानिन्छ । शरीरमा जति कम मोबिलिटी भयो, त्यति मानसिक रूपमा फ्रेस रहन कठिन हुने उनी बताउँछन् । दैनिक व्यायाम र शारीरिक सक्रियताले मानसिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro