site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हवाई तुफान व्यहोरेका यात्रीको अनुभव– खाना छरिएर सिलिङसम्म पुग्यो

काठमाडौं । कतार एयरलाइन्सको विमान दोहाबाट डब्लिनतर्फ जाने क्रममा आइतबार टर्बुलेन्स (हवाई तुफान) झेलेका यात्रीले उक्त घटना डरलाग्दो भएको बताएका छन् । घटनामा १२ जना घाइते भएका थिए । 

उक्त विमान पाँच सेकेन्डजति हावा खुस्किएको जस्तो भएको उनीहरूले अनुभव सुनाएका छन् । त्यति बेला खाना र ड्रिंक्स सर्भिसको काम भइरहेको थियो ।

Dabur Nepal
NIC Asia

क्याथल नामका एक यात्री – जो दोहाबाट आफ्नो घर आयरल्यान्डतर्फ जाँदै थिए, उनले उक्त घटना हुँदा सिटबेल्ट साइन पनि अफ भएको बताए । उनले लिइरहेको खाना काखमा पोखिएको थियो । “खाना विमानभरि छरिएको थियो, सिलिङमा समेत पुगेको थियो,” उनले भने ।

अर्का यात्री पाउल मोकले यात्री विमानको छानोमा ठोक्किरहेको आफूले देखेको उल्लेख गरे । उनले भने, “त्यति बेला म सिटबेल्टमै थिएँ, तर उनीहरू खाना सर्भ गर्दै थिए । त्यसैले धेरैजसो क्रु मेम्बर घाइते भए ।”

अर्का यात्री कोनर बुक्लीले विमान खसेको र फ्लाइट एटेन्डेन्ट भने हावामा उडिरहेका जस्तो लागेको बताए ।

इमा रोज पावर नामकी अर्की यात्रीले आफू त्यति बेला सुतिरहेको र उठ्दा सबैको अनुहार डराइरहेको जस्तो देखेको सुनाइन् । अर्की यात्री एलिनाले त्यो सबैभन्दा खराब अनुभव भएको बताइन् ।

कतार एयरलायन्सको क्यूआर ०१७ उडानको उक्त विमान टर्कीको आकाशमाथि टर्बुलेन्सको चपेटामा परेको थियो । घाइतेलाई अस्पतालमा लगिएको जनाइएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro