site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन– अनुसन्धान गर्दा मानवअधिकारको संरक्षणमा ख्याल गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराध नियन्त्रण तथा अनुसन्धान गर्दा मानवअधिकारको संरक्षणमा पनि ख्याल गर्न प्रहरीलाई निर्देशन दिएका छन् । 

शुक्रबार नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानवअधिकारको संरक्षणमा समेत ख्याल गर्न निर्देशन दिएका हुन् । 

Dabur Nepal

प्रहरीले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न र २१औँ शताब्दीअनुसारको अनुसन्धान गर्न निर्देशन दिँदै उनले प्रहरीले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै उनले प्रविधिको विकाससँगै अपराधका शैली पनि फेरिएको र सोहीअनुसारको तालिमको व्यवस्था गर्न सरकारले प्रविधिमैत्री तालिम केन्द्र पनौतीमा निर्माण गरिरहेको जानकारी दिए । 

त्यस्तै, दीक्षान्त समारोहमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारी कहिलेकाहीँ आफ्नो जिम्मेवारीलाई भुलेर कानुनविपरीतका कर्ममा लागेका स्मरण गराउँदै दीक्षित निरीक्षकलाई कानुनले दिएको अधिकारबाट च्यूत नहुन निर्देशन दिए ।

१८ महिनादेखि सुरू भएको निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहमा कुल १४९ प्रहरी निरीक्षकले तालिम लिएका थिए । त्यसमध्ये १८ जना महिला प्रहरी निरीक्षक छन् ।

समारोहमा आईजीपी बसन्तबहादुर कुँवरले प्रहरीको निलो बर्दीलाई शक्तिको रूपमा नलिइ जिम्मेवारी ठानेर काम गर्दा देश र संगठनको साख जोगिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro