site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको व्यवहार अलोकतान्त्रिक र असंवैधानिक : मन्त्री गिरी 
फाइल तस्बिर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्को काम कारबाहीलाई बाधा पुर्‍याएको आरोप लगाएका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानबिन समिति बनाउन सहमति भइसकेको अवस्थामा एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्को काम कारबाहीलाई बाधा पुर्‍याएको आरोप लगाएका हुन् । 

Argakhachi Cement Island Ad

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले गरेको अवरोध गैरलोकतान्त्रिक र असंवैधानिक रहेको उनको भनाइ छ । उनले समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने धारणा राखे । 

मन्त्री गिरीले कांग्रेसले गरेको निर्णय त्रुटिपूर्ण रहेको र यसलाई सच्चाउनुपर्ने बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्