site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुल गार्हस्थ उत्पादन एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याइने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । 

बुधबार आयोगले १६औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १०३ खर्ब सात अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य पुर्‍याउने जनाएको हो । आयोगले पञ्चवर्षीय योजनामा २०८०/०८१ मा ५७ खर्बमाथि पुग्ने अनुमानका आधारमा २०८५/०८६ सम्म जीडीपी १०३ खर्ब सात अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए । 

उनले आर्थिक वर्ष २०८५/०८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६औँ योजनाले लिएको बताए । योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए । 

आगामी आर्थिक वर्ष २०८१/०८२ मा ६ प्रतिशत, २०८२/०८३ मा ६.६, २०८३/०८४ मा ७.४, २०८४/०८५ मा ७.९ र २०८५/०८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुुने लक्ष्य १६औँ योजनाले लिएको उल्लेख गरे । 

उनले नेपालीको एक हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०८५/०८६ सम्म प्रतिव्यक्ति आय वार्षिक दुई हजार ३५१ अमेरिकी डलर पुर्‍याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए । 

यस्तै, गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताए । १६औँ योजनाले मुद्रास्फीति पाँच प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने, बेरोजगारी दर पाँच प्रतिशतमा सीमित गर्ने १६औँ योजनाको लक्ष्य राखेको छ ।

उनले १६औँ योजनाले विद्युत् उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको पनि बताए । कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ । १६औँ योजनामा आगामी पाँच वर्षमा सार्वजनिक, निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro