राजनीति

विराटनगर । कोसी प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाको पाँचौँ अधिवेशन यही वैशाख ३१ गते बिहान ११ बजे सुरु हुने गरी आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १३:४३
प्रतिक्रिया दिनुहोस्