site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रफाह क्षेत्रमा इजरायलकाे आक्रमण, हमासको प्रस्ताव अस्वीकार

जेरुसेलम । इजरायली सेनाले पूर्वी रफाह क्षेत्रमा आक्रमण सुरू गरेको जनाएको छ । इजरायली डिफेन्स फोर्स आईडीएफका अनुसार उसले हमासविरुद्ध ‘टार्गेटेड स्ट्राइक’का रूपमा सो आक्रमण सुरू गरेको हो । रफाहमा रहेका ठूलो संख्याका शरणार्थीलाई सो स्थान छोडेर राहत क्याम्पमा जान आग्रह गरिएको छ । 

इजरायलले खान युनिस छेउको एक क्याम्पबाट एक लाख मानिसलाई निकाल्न आदेश दिएको थियो । एकातर्फ इजरायलले आक्रमण सुरू गरेको छ भने अर्कातर्फ हमासले राखेको युद्धबिरामका लागि तय गरेका सर्तलाई अस्वीकार गरेको छ । मध्यस्थकर्ताको पहलमा इजिप्टको कायरोमा हमाससँग सहमतिको प्रयास भइरहेको छ । 

Dabur Nepal
NIC Asia

इजरायलले सो वार्तास्थलमा आफ्नो प्रतिनिधिमण्डल पठाउने जानकारी दिएको छ । हमासले युद्धविरामका लागि अघि सारेका सर्त इजरायलको मागबाट कोसौं टाढा रहेको इजरायलको भनाइ छ । हमास सम्मिलित वार्तालाई कतार र इजिप्टले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । हमासले के सर्त अघि सारेको छ भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले हमास र इजरायलबीच सहमतिका लागि अतिरिक्त प्रयास हुनु जरूरी रहेको भन्दै यसका लागि सम्बद्ध पक्षलाई अपील गरेका छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro