site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यविनायक जंगलकाे डढेलाे चार दिनपछि नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जंगलमा लागेको डढेलाे चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जंगलमा फैलिएको डढेलाे सूर्यविनायक–८, सिपाडोलसम्म फैलिएको थियो । चार दिनको प्रयासपछि डढेलाे नियन्त्रणमा आएको उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताइन् । उनले भने, “आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ ।” आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले संकलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जंगलमा लागेको आगोका कारण जंगली जनावर मरेको बताए ।  धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उनले बताए । गो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उनले बताए । रासस

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro