site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा छिट्टै आईटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा छिट्टै आईटी हबको विकास गर्न जरुरी रहेको बताएकी छन् ।

लगानी सम्मेलनका क्रममा सोमबार उनले नेपालमा बढ्दै गएको सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्द्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गरिन् । उनले सो अभावलाई परिपूर्ति गर्न चाँडो आईटी हबको विकास जरुरी रहेकामा जोड दिइन् ।

Dabur Nepal
NIC Asia

उनले आईटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधि उद्योगको प्रवर्द्धनका निम्ति देशभित्र र बाहिरका सानाठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार रहेको उनले स्पष्ट पारिन् ।

मन्त्री शर्माले विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आईओटी, ब्लकचेनजस्ता नयाँ प्रविधिको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर तयारी पनि गरिरहेको बताइन् । सञ्चार मन्त्रालयले लगानी सम्मेलनमार्फत अघि सारेका विभिन्न परियोजनामा लगानीको वातावरण बनाउन उनले लगानीकर्ताको ध्यानाकर्षण गराइन् ।

सूचना प्रविधि उद्योगका निम्ति नेपाल विदेशी लगानीकर्ताका लागि समेत उपयुक्त स्थल भएको उनको भनाइ छ । सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति भएकाले कम लागतमा आईटी उद्योग सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको उनले बताइन् ।

मन्त्री शर्माले सूचना प्रविधिसँग सम्बन्धित नीतिलाई सरकारले समयानूकल परिमार्जन गरिरहेको पनि बताइन् । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro