site stats
बाह्रखरी :: Baahrakhari
कला
दुई वर्षको छिन्नलता गीत पुरस्कारको घोषणा

काठमाडौं । ‘छिन्नलता गीत पुरस्कार गुठी’को साधारणसभाले २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार घोषणाको निर्णय गरेको छ ।

गुठीका सचिव गीतकार दिनेश अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार २०७९ सालको छिन्नलता गीत पुरस्कारहरू गीत रचनातर्फ भूषण खरेल, संगीत रचनातर्फ मनराजा नकर्मी, गायनतर्फ शिव परियार तथा लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेल (परेलीमा बसुँ कि कलेजीमा बसुँ...)लाई समर्पण गर्ने निर्णय गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, २०८० सालको छिन्नलता गीत पुरस्कारहरू गीत रचनातर्फ वीरेन्द्र पाठक, संगीत रचनातर्फ चण्डी काफ्ले, गायनतर्फ मनिला सोताङ र लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डे (पिरैपिर...)लाई समर्पण गर्ने निर्णय गरेको छ ।

गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न साधारणसभाले उक्त निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ । 

वि.सं. २०७९ सालदेखि छिन्नलता गीत पुरस्कारको राशि ५० हजारबाट वृद्धि गरी रु. १ लाख गरिएको र छिन्नलता युवा प्रतिभा पुरस्कारको राशि पनि ३५ हजार रुपैयाँबाट ५० हजार पुर्‍याइएको विज्ञप्तिमा उल्लेख छ । 

निर्णय गरिएका पुरस्कारहरू गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति, आगामी हरिशयनी एकादशीका दिन २०८१ साल साउन २ गतेका दिन विशेष समारोहका बिच काठमाडौंमा समर्पण गरिने समेत विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्