site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अगाडि नबढाउन उच्च अदालतको अन्तरिम आदेश 
Tiktok banner adTiktok banner ad

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ । अदालतका न्यायाधीश  सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न/नगराउन अन्तरिक आदेश जारी गरेको हो । 

सीईओ छनोट गर्न बनेको उपसमिति अवैधानिक रहेको भन्दै बोर्डका कर्मचारी उच्च अदालतमा पुगेका थिए । छनोट उपसमितिमा रहेका मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन नै गैरकानुनी रहेको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अन्तरिम आदेशको छलफलका लागि यही वैशाख १७ गतेलाई पेसी तोकिएको छ । 

बोर्ड सीईओको लागि उक्त समितिले १६ जनाको नाम सर्टलिस्टमा राखेर सार्वजनिक समेत गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro