site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं दोस्रोमा
फाइल तस्बिर ।

काठमाडौं । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं आज दोस्रो नम्बरमा छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार बुधबार मध्याह्न १२ बजे काठमाडौं विश्वका १२२ सहरमध्ये दोस्रो नम्बरमा रहेको हो ।

आईक्यू एयरका अुनसार काठमाडौंमा सो समय वायुको गुणस्तर एक्यूआई एयर क्वालिटी इन्डेक्स १६२ छ । सूचीको एक नम्बरमा रहेको भारतको कोलकत्तामा पनि एक्यूआई १६३ छ, तर पीएम २.५ को मात्रा भने कोलकत्तामा बढी छ ।  

आइक्यू एयरको तथ्यांकअनुसार बुधबार मध्याह्न १२ बजे चितवनको मेघौली सबैभन्दा प्रदूषित देखिएको छ । मेघौलीमा यूएस एक्यूआई २१९ पुगेको छ । यस्तै पोखराको एक्यूआई १८० र भरतपुरको एक्यूआई १५७ पुगेको छ ।

वातावरण विभागको सूचकांकमा काठमाडौंमा गएको २४ घण्टामा एक्यूआई घटेर १३९ सम्म झरे पनि बुधबार फेरि प्रदूषण बढेको हो ।  

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro