site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनको लागि जासुसी गरेको आरोपमा जर्मनमा तीनजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बर्लिन । चीनको लागि गुप्तचरको काम गरिरहेका तीनजना सोमबार जर्मनीमा पक्राउ परेका छन् । उनीहरूले सम्भावित सैनिक प्रयोगको लागि चीनमा सूचना आदानप्रदानको प्रयास गरेको आरोप लगाइएको छ ।

ती तीनजना जर्मन नागरिकलाई चीनको लागि जासुसीको काम गरेको अभियोजकको कार्यालयले जनाएको छ । उनीहरूले जुन २०२२ अघिबाट जासुसी थालेको र उनीहरुले जर्मनीको निर्यात कानुनको पनि उल्लंघन गरेको पाइएको जनाइएको छ । तीमध्ये एक शंकास्पद व्यक्तिको नाम थोमस आर भएको जनाइएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयका एक कर्मचारीको एजेन्टको रूपमा उनीहरूले काम गरेको जनाइएको छ । 

जर्मनीमा रहेका सैनिकको लागि उपयुक्त हुने प्रविधिलाई उनीहरूले चिनियाँ मन्त्रालयको कर्मचारीलाई पठाउने गरेको अभियोजकको कार्यालयले दाबी गरेको छ । त्यसको लागि हेर्विन एफ र इना एफ नामको एक  जोडीलाई उनीहरूले प्रयोग गर्दै आएको अभियोजकको कार्यालयको भनाइ छ । सो जोडीको एक कम्पनी डुसेलडोर्फमा रहेको र त्यसले जर्मन अनुसन्धाताहरुसँग सम्पर्कको काम गर्ने गरेको जनाइएको छ । एपी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement