अर्थ व्यवसाय
काठमाडौं। महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखा परीक्षक रायालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार भएको कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।
बिहीबार नै राष्ट्रपति पाैडेलले रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १६:२१
प्रतिक्रिया दिनुहोस्