site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संवाद श्रृंखला चलाउँदै ह्याम्स अस्पताल 

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले संवाद श्रृंखला–१’ सञ्चालन गर्ने भएको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा ह्याम्सले शुक्रबार स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको हो । 

बिहान १०ः३० बजेदेखि होटेल अकामा, धुम्वाराहीमा हुने कार्यक्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरूको बारेमा बृहत् छलफल तथा बहस हुने ह्याम्सले जनाएको छ । कार्यक्रममा भेप/ई–सिगरेट बढ्दो गम्भीर स्वास्थ्य चुनौती र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू विषयमा दुई सत्रमा छलफल हुनेछ । 

Dabur Nepal
NIC Asia

छलफलमा विज्ञ, सरोकारवाला निकाय, प्रतिनिधिसभा सांसदहरू सहभागी हुनेछन् । छलफलले यी समस्या समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्य राखिएको छ । 

संवाद कार्यक्रमबाट आएका सुझावहरू लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेस गरिने अस्पतालले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro