site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बदमासीको शंका गर्ने ठाउँ छ : सांसद पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको रकम ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकपश्चात् सञ्चारकर्मीसँग उनले कुनै पनि प्रकरणमा प्रतिपक्षले माग गरेपछि छानबिन समिति बनाउने यसअघिको नजिर रहेको बताए ।

उनले संसद्‌मा प्रतिपक्षले उठाएका विषय सुनिनुपर्नेमा जोड दिए । सत्तापक्षले जबरजस्ती रूपमा संसद् चलाउन नहुने उनले उल्लेख गरे ।

सांसद पाण्डेले संसदीय समिति बनाइए आरोप लागेका मन्त्रीले चोखिने अवसर पाउने पनि बताए । जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको उनको भनाइ थियो ।

“...आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफूलाई चोखिने अवसर पाउने हो । तर, जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमासी छ भनेर शंका गर्ने ठाउँ छ,” उनले भने, “त्यसकारण उसले आफूलाई चोखो ठान्छन्, मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ ।”

उनले मंगलबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्तापक्षका सांसदलाई बोल्न दिनु सभामुख देवराज घिमिरेको कमजोरी र अज्ञानता भएको जिकिर गरे । सभामुखले संसद्‌मा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै उनले त्यसो गर्नु नहुने बताए ।

सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आतंक सिर्जना भएको पनि बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro