site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थका ६ उपसचिवलाई कामु भन्सार प्रमुखको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयका ६ उपसचिवले कायम मुकायम (कामु) भन्सार प्रमुखको जिम्मेवार पाएका छन् । शाखा अधिकृतबाट सहसचिव भएका पहिलो चरणका ६ जनाले भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी पाएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चोभार भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी युक्तप्रसाद सुवेदीले पाएका छन् । त्यस्तै, सुनसरी भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी राधेश्याम दाहालले पाएका छन् । 

त्यसैगरी धनुषाको जनकपुर भन्सार कार्यालयमा राजेन्द्र बस्नेत, मलंगवाको सर्लाही भन्सार कार्यालयमा उषा पोखरेल, रौतहटको गौर भन्सार कार्यालयमा सुजितकुमार सिंह र सिरहा भन्सारको कामु प्रमुखको जिम्मेवारी तोयनारायण सापकोटालाई दिइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro