site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कालीकोटको अध्यक्षमा मल्ल
प्रतीकात्मक तस्बिर ।

कालीकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कालीकोटको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले २१८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी दयाराम सिम्खडाले १८६ मत ल्याए ।

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिबार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।

उपाध्यक्षमा टेकबहादुर बुढा २१० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी कमलबहादुर शाहीले १७२ मत प्राप्त गरे ।

सचिवमा पुष्पराज आचार्य २१२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी खडानन्द चौलागाईंले १५८ मत प्राप्त गरे ।

उपसचिव खुलामा पवित्र शाही १६८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धीहरू प्रेमबहादुर बुढाले ९२ र लंकबहादुर बमले ९८ मत पाएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए ।

उपसचिव महिलामा ताराकुमारी शाही २१२ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी शुभद्रा सिंहले १५७ मत पाइन् ।

निर्वाचनमा कुल ४२८ मतदातामध्ये ४२४ मत खसेको निर्वाचन समितिले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro