site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्छ : मन्त्री गिरी
तस्बिर : रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ताभित्रमा टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा सो विधेयकमाथिको छलफलका क्रममा बिहीबार उनले यस्तो बताएका हुन् ।

संसद्को हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको उनले उल्लेख गरे । चालु हिउँदे अधिवेशनमै समितिबाट विधेयक पारित गरेर संसद्‌मा पठाउनुपर्नेमा उनले जोड दिए । उनले एक हप्ताभित्र पारित गर्ने गरी तीव्रताका साथ काम गर्न आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उनको भनाइ थियो । “...यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन ।

छलफलका क्रममा प्राप्त सांसदहरूका सुझावबारे मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय