site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालिका बलात्कार अभियोगमा १९ वर्ष कैद फैसला
SkywellSkywell

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई बलात्कार अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मंगबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार र केशवप्रसाद पौडेलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए । रासस    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu