site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अप
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेलले काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ ।

व्यावसायिक गल्फर सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो ।

यस एकदिवसीय प्रतियोगितामा २९ कर्पोरेट हाउसका सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फर रहेका थिए । प्रतियोगिता १८–होलमा खेलाइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एनसेल ‘ए’ समूहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्य तीन एमेच्योर गल्फर जय आचार्य (एनसेल–सिङ्गल ह्यान्डी क्याप), इन्द्रधारा विष्ट (हाई ह्यान्डी क्याप) र सञ्जय पौड्याल (मिड ह्यान्डी क्याप) रहेका थिए । लामाले तेस्रो रनर अप बनेकोमा १० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए ।

व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समूहले प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

Global Ime bank

कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो । रोक्काले पचास हजार रुपैयाँ नगद पुरस्कार पनि जितेका छन् ।

यस्तै, मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात उपविजेता बनेको थियो । यसका लागि खड्काले तीस हजार नगद पुरस्कार पनि जितेका थिए ।

त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउन्डेसनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो ।

चौलागाईले २० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए । सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफेका स्वदेश गुरुङले क्लोजेस्ट टू द पिनको उपाधि जिते । उनीहरूलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कर्पोरेट हाउसहरूलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रवर्धन गर्ने उद्देश्यले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)ले  प्रतियोगिताको आयोजना गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement