site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीहरूलाई सांसद ढकालको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गरेका हुन् । उनले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताए ।सांसदहरूको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने उनको भनाइ थियो । बजेट विनियोजनमा विगतको निरन्तरता दोहोर्‍याउनु नहुने बताए ।

उनले भने, "बजेटको सिलिङ तय हुँदै गर्दा मन्त्रालयहरूमा हाटबजार लागेको जस्तो भएको छ, योजना माग्न जानेहरूको । ती योजनाहरू कुनै प्रक्रिया पुगेर गएका छैनन् । एउटा लेटरहेडको चिर्कटो अथवा डायरीमा टिपेका चिर्कटोहरू प्रस्तुत हुने अनि बजेट प्रस्तुत हुँदै गर्दा विगतकै निरन्तरता हुने देखेको छु । बजेट र योजनाको यो शैलीको कारणले विगतका असरल्ल आयोजनाहरूलाई हेर्दै गर्दा फेरि यसवर्ष पनि विगतको निरन्तरता भयो भने हामीले यथास्थिति र निरन्तरतावादबाहेक अरु केही पनि पाउने छैनौँ । योजना छनौटका सन्दर्भमा पहुँचका आधारमा लैजाने हुन आगामी आर्थिक वर्षमा हुन नदिऔँ । हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीज्यू यही गरिमामय सदनमा हुनुहुन्छ, म आग्रह गर्दछु, कनिका छरेको जस्तो बजेट यसपटक कृपया नछरिदिनु होला । विगतमा निरन्तरता नदोहोर्‍याइदिनु होला ।"

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro