site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै निगम अध्यक्षलाई सोधियो स्पष्टीकरण 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । निगमले हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो । निगम व्यवस्थापनले सात दिनभित्र जवाफ दिनुपर्ने प्राधिकरणले जनाएको छ । 

निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विभाग नै नेतृत्वविहीन हुँदा उडान सुरक्षामा असर पर्ने प्राधिकरणले निष्कर्ष छ । 

उक्त समयावधिमा जवाफ नदिए नागरिक उड्डयन नियमावाली २०५८ बमोजिम कारबाही हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

चार महिनाअघि युरोपियन युनियन (ईयू)ले देखाएको कमीकमजोरीमा पनि उल्लेखनीय सुधार नगरेको भेटिएको छ । निगमले आफ्नो जहाज मर्मत सम्भारमा पनि लापर्बाही गर्दै आएको प्राधिकरणले जनाएको छ । 

निगमको एयरबस ३२० कलसाइन नाइन एन–एकेएक्स इन्जिन स्पेयरका कारण ग्राउन्डेड भएको थियो । जहाज मर्मतका लागि भन्दै इजरायल एयरोस्पेसमा लगिएको थियो । तर, जहाज हालसम्म पनि मर्मत हुन सकेको छैन । 

इन्जिन प्राप्तिको उचित योजनाबिना विमान इजरायलमा राखिएको थियो । यसले निगमलाई थप आर्थिक भार पर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच वर्षअघि नै मर्मत सम्भारको लागि स्वीकृति दिएको थियो । तर, अहिलेसम्म पनि प्रगति हुन सकेको छैन । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro